Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी घाइते बनाउने युवक पक्राउ

आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी घाइते बनाउने युवक पक्राउ


  • 1.5K
    Shares

    आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी घाइते बनाउने युवक पक्राउ

    काठमाडौं । आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने युवक पक्राउ परेका छन् ।

    विराटनगर महानगरपालिका–२ दुर्गा चोकका सक्षम सापकोटालाई प्रहरीले नेपाल–भारत सीमानजिकबाट पक्राउ गरेको हो ।
     
    सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति घाँटीमा खुकुरी हानेर भारतको जोगबनीतर्फ भाग्न लागेका थिए । जोगबनी जानै लाग्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    घाइते गुप्ताको चिन्ताजनक अवस्थामा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । सापकोटा लागुऔषध प्रयोगकर्ता भएको खुल्न आएको छ । 

    के विवाद वा झगडाका कारण खुकुरी प्रहार गरिएको हो भन्ने अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । भान्सा कोठामा लुकेर बसेका सापकोटा प्रहरी पुग्नसाथ भागेका थिए ।‌

    images
    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - ११:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij