Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

फलोअप

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद परियार

महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद परियार


  • 967
    Shares

    • images
    महायज्ञको नाममा घर भत्काइएका दलित परिवारलाई न्याय दिइयोस् : सांसद परियार

    काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दलित समुदायमाथि भएको विभेदबारे नेपाली कांग्रेसका सांसद जीवनबहादुर परियारले घोर भत्र्सना गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग माग समेत गरेका छन् ।

    गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरूले औरही गाउँपालिका–५ का स्थानीय दीपक मरिक (डोम) को घर भत्काएको भन्दै सांसद परियारले आपत्ति जनाएका हुन् ।

    महायज्ञका लागि त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।

    ‘विभिन्न जातीय विभेदका घटना घटिरहेका छन् । सिरहामा विष्णु महायज्ञ गर्ने नाममा ‘सहितका व्यक्तिहरूले दोङ जातिका व्यक्तिको उठिबास गरिरहेको छ,’ सांसद परियारले भने, ‘त्यसको घोर भत्र्सना गर्दछु । पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १२:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij