२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपालको उच्च शिक्षामा सुधारका लागि बेलायती उत्कृष्ट अभ्यासहरूलाई अबलम्बन गरी शैक्षिक सुधारका रणनीतिहरूबारे छलफल गर्न बुधबार इम्बार्क कलेज पुल्चोकले गोलमेच सम्मेलन गरेको छ ।
नेपालका लागि बेलायतका राजदूत महामहिम रोब फेनको प्रमुख आतिथ्यता र कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरको सभापतित्वमा संचालन भएको गोलमेच सम्मेलनमा बिस भन्दा बढी नीति निर्माताहरू, शिक्षाविद् र शैक्षिक उद्यमीहरूको सहभागिता उक्त गोलमेच सम्मेलन नेपालमा उच्च शिक्षाको रूपान्तरणमा ट्रान्सनेसनल एजुकेसन (TNE) को भूमिकाबारे केन्द्रित रहेको थियो ।
उद्घाटन मन्तव्यमा बोल्दै राजदुत फेनले शिक्षा सीमाहरू भन्दा पर जान्छ भन्ने कुरामा जोड दिँदै नेपाल र युकेको सहकार्यले नेपालमा भविष्यका लागि तयार शिक्षाको ढोका खोल्न सक्ने बताए । त्यसैगरी ईम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले स्वागत मन्तव्य प्रस्तुत गर्दै यूकेको उत्कृष्ट शैक्षिक अभ्यासहरूलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारे। ठाकुरले भने, “हाम्रो उद्देश्य परम्परागत शिक्षण पद्धति र नवीनतम विश्वव्यापी अभ्यासहरूबीचको अन्तरहटाउनु हो। यो गोलमेच छलफल हाम्रो शिक्षण प्रणालीलाई रूपान्तरण गर्ने मार्गमा इम्बार्क कलेजकोपहिलो पाइला हो।”
छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव पर्शुराम तिवारीले पाठ्यक्रम परिमार्जन र प्रशासनिक प्रक्रियाहरूलाई सरल बनाउनुपर्ने आवश्यकता बारे चर्चा गरे। तिवारीले भने,“ट्रान्सनेसनल एजुकेसन मार्फत अन्तर्राष्ट्रिय मोडेलहरू अपनाएमा हाम्रो नीति सुधार गर्न विद्यार्थीहरूलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न सक्षम बनाउन मद्दत पुग्नेछ।”
ब्रिटिश काउन्सिलका प्रतिनिधि रुस्तम मोडीले अन्तर्राष्ट्रिय साझेदारीहरूका फाइदाबारे चर्चा गर्दै भने, “विदेशी प्रतिष्ठित संस्थाहरूसँगको सहकार्यले आधुनिक शिक्षण पद्धतिहरूमा पहुँच मात्र होइन, विद्यार्थी आदानप्रदान तथा संयुक्त अनुसन्धानको अवसर पनि प्रदान गर्छ।” औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इञ्जिनियर उमेश कुमार गुप्ताले शैक्षिक कार्यक्रमहरूलाई उद्योगसँग जोड्नुपर्ने महत्त्वबारे प्रकाश पार्दै, “हाम्रा स्नातकहरूले सैद्धान्तिक ज्ञान सँगैव्यवहारिक सीपसमेत हासिल गर्नु पर्नेछ, जसले उनीहरूलाई आजको श्रम बजारका आवश्यकताहरू पूरा गर्नसक्षम बनाउने बताए।
इम्बार्क कलेजका शैक्षिक प्रमुख डा.सौरभ सत्यालको संचालनमा सम्पन्न उक्त कार्यक्रमका वक्ताहरूमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल केशर बहादुर खुलाल, जेम्स स्कुलका शैक्षिक निर्देशक डा। राजीव क्षेत्री, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघका पूर्व अध्यक्ष समीर थापा, तथा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ) का बोर्ड सदस्य मनिष श्रेष्ठको सहभागीता रहेको थिए।
छलफलको समापनमा सहभागीहरूले नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै उत्कृष्टता र सांस्कृतिक धरोहरलाई एकसाथ समेट्दै शैक्षिक रूपान्तरणको मार्ग प्रशस्त गर्ने प्रतिज्ञा व्यक्त गरे। यो ऐतिहासिक कार्यक्रमले नेपालमा उच्च शिक्षालाई विश्वस्तरीय बनाउन तथा ट्रान्सनेसनल साझेदारी मार्फत उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको इम्बार्क कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij