Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

ऊर्जामन्त्री भन्छन्- कुलमान उज्यालो नेपालका नायक होइन

ऊर्जामन्त्री भन्छन्- कुलमान उज्यालो नेपालका नायक होइन


  • 876
    Shares

    • images
    ऊर्जामन्त्री भन्छन्- कुलमान उज्यालो नेपालका नायक होइन

    काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले अहिले साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।

    राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरे ।

    मन्त्री खड्काले सरकारको शत प्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिरहेको बताए ।

    उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । लोडसेडिङ छ । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो । खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

    मन्त्री खड्काले निजी क्षेत्र र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएको बताए ।

    उनले भने, ‘उज्यालोको नायक भनेको उहाँ ९कुलमान० होइन । बरु यो धन्यवाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ । त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो । यो यथार्थ हो ।’

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १७:४४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij