Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अवैध रकम बरामद प्रकरण

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?


  • 2.6K
    Shares

    • images
    २५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

    काठमाडौं । काठमाडौंबाट रसुवा जान लागेको ट्रकले करोडौँ नेपाली रुपैयाँ बराबरको युरो र डलर बोकेको सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी टोखा क्षेत्रमा खटिए ।

    चैत ४ मा मध्यराति डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो । ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् । 

    ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटन बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले भने, ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए ।

    त्यसरी २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन,  २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । ऐनमा भनिएको छ,  ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ ।’

     

    surak-@25-karod-12.webp

    कुसाङ लामाले चलाएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर लाग्ने राजस्व अनुसन्धान विभागका एक जना अधिकृतले  बताए ।

    कुसाङविरुद्ध राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ । 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १६:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij