२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रणाली सार्वजनिक गरेको छ । अबदेखि गाडी फुल चार्ज हुन १० मिनेट पनि नलाग्ने भएको हो ।
चीनको सबैभन्दा ठूलो एवं विश्वकै दोस्रो ठूलो विद्युतीय सवारी निर्माता बीवाईडीले चीनभर यस्ता चार हजार चार्जिङ स्टेसन विस्तार गर्ने बताएका छन् । जसले ५ देखि ८ मिनेटमै गाडी फुल चार्ज हुने कम्पनीको दाबी रहेको छ । चार्जिङ सिस्टम ५०० किलोवाट क्षमताको टेस्लाको सुपरचार्जरभन्दा दोब्बर क्षमताको भए को छ ।
बीवाईडीको मुख्यालय सेन्झेनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कम्पनीको संस्थापक वाङ चुआनफूले पाँच मिनेटको चार्जमा गाडीले ४०० किलोमिटर गुड्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij