Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश


  • 1.7K
    Shares

    • images
    त्रिवि केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश

    काठमाडौं । चैत ८ गते हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ ।  बुधबार पाटन उच्च अदालतले सो आदेश दिएको हो ।  

    त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधवार वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए ।  

    यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूका बिच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो । अदालतको यो आदेशसँगै निर्वाचन अन्योलमा परेको छ ।  

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १५:३१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij