Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो

हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो


  • 1.1K
    Shares

    हमासलाई इजरायलको चेतावनी: यो त सुरुवात मात्र हो
    images

    काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध सुरु गरेको बताएका छन्।

    मंगलबार राति भिडिओ सार्वजनिक गर्दै उनले यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन्। इजरायलले गाजामा भीषण हवाई हमला गरिसकेको बेला उनको बयान आएको हो। 

    आक्रमणमा अहिलेसम्म ४०० भन्दा बढी प्यालेस्टिनी मारिएको र सयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ। इजरायलको रक्षा बलले जारी गरेको विज्ञप्तिमा हमासका आतंकवादी लुकेका ठाउँ लाई निशाना बनाएको बताएको छ। 

    आफ्नो बयानमा नेतन्याहुले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेकपटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन्।

    गाजामा जनवरी १९ मा युद्धविराम सुरु भएयता इजरायलले  सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो। हमास र इजरायलबीच भएको सम्झौताअनुसार गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण मार्च ३० रातिबाट सकिएको थियो।

    त्यसपछि अमेरिकी प्रस्तावमा इजरायल युद्धविराम ६ हप्ता लम्ब्याउन सहमत भए पनि हमासले अस्वीकार गरेको थियो। युद्धविराम अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ भने बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

    पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव हमासले अस्वीकार गरेपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको थियो। त्यसयता इजरायलले अहिले गाजामा पुनस् आक्रमण थालेको हो। 

    हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो। 

    जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट यसअघिसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासले बताएको थियो। त्यसमा अब ४०० जना थपिएका छन्। 

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ११:३९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij