Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता


  • 1.6K
    Shares

    परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो।

    भेटमा उनीहरूबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसी हितका साथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताइन्।

    नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि उनीहरूबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - २०:२१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij