Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते

पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते


  • 2.0K
    Shares

    • images
    पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते

    काठमाडौं । पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । 

    स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् । 

    अनेरास्ववियु अध्यक्ष समिक बडालले फर्जी मतदाता बनाएर मतदान गराएकोमा त्यसलाई रोक्न खोज्दा नेविसंघले आक्रमण गरेको बताए । 

    फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कडा कारबाही गर्न माग गरे । गुण्डागर्दी बन्द गर्न र नगरे अनेरास्ववियु कडा भन्दा कडा प्रतिवादमा उत्रिने चेतावनी दिए । 

    फर्जी मतदातालाई मतदान गर्न दिएको विषयमा विवाद उठेपछि पाटन क्याम्पसमा १०० जनाले मतदान गरेपछि स्थगित भएको थियो । 

    त्यसपछि विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय छलफल गरिएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको थिएन । पाटनमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १७:४६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij