Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु

चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु


  • 1.3K
    Shares

    • images
    चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु

    काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२०ं शाखा रहेको चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेनस्डे’ अफर सुरु गर्ने भएको छ।

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–यूपीआई कार्ड जारी गर्दै आएको छ। अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागू हुने कम्पनीले जानकारी दिएको छ।

    एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले अफरमा सहभागी हुनको लागी नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने छन्।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १६:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij