Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिन्धुपाल्चोकको ट्रक चालकले केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम

सिन्धुपाल्चोकको ट्रक चालकले केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम


  • 1.6K
    Shares

    • images
    सिन्धुपाल्चोकको ट्रक चालकले केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम

    काठमाडौं । काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालय टोखाले ट्रकका चालक सिन्धुपाल्चोकको भएको खुलेको छ। चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरेको छ ।  

    उक्त रकम बरामद ना१ख १६५२ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय कुसाङ लामालाई नियन्त्रणमा लिइएको हो।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्न खोज्दा एक ट्रकलाई नियन्त्रणमा लिई अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो ।

    नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

    ‘रकम गन्ने काम हुँदैछ, अनुमानित रकममात्रै सार्वजनिक गरिएको हो’, उनले बताए । यसबारे जानकारी दिन अपराह्न १ः३० मा पत्रकार सम्मेलनको आयोजना गरिएको उनले बताए ।

    रकमका साथ केही मानिस पक्राउ परेको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता आचार्यले बताए । ‘कसले पठाएको, कहाँ लगेको र किन लगेको भन्ने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ’, उनले भने ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १२:४२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij