Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवनियुक्त आईजीपी थापा : प्रहरीमा सुधार आवश्यक छ, “प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्दिन”

नवनियुक्त आईजीपी थापा : प्रहरीमा सुधार आवश्यक छ, “प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्दिन”


  • 1.1K
    Shares

    • images
    नवनियुक्त आईजीपी थापा :  प्रहरीमा सुधार आवश्यक छ,  “प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर  बस्दिन”

    काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    दर्ज्यान्ही चिन्ह ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै सुधार गर्ने प्रतिवद्धता जनाए ।

    आफू प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै उनले संगठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी समन्वयात्मक भूमिकाका लाग्ने थापाको भनाइ थियो ।

    नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यान्ही चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले बिभिन्न अपराधका घटनाबाट नयाँ चूनौति उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे ।

    मुलुकको शान्तिसुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने उनको भनाइ थियो । थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १२:०५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij