Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

इजरायलले गाजा क्षेत्रमा फेरि गर्‍यो हमला: ३४ जनाको मृत्यु, ७० घाइते

इजरायलले गाजा क्षेत्रमा फेरि गर्‍यो हमला: ३४ जनाको मृत्यु, ७० घाइते


  • 1.2K
    Shares

    इजरायलले गाजा क्षेत्रमा फेरि गर्‍यो हमला: ३४ जनाको मृत्यु, ७० घाइते
    images

    काठमाडौं । इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् ।

    इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ ।

    यी हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ । गाजामा सन् २०२५ को १९ जनवरीदेखि युद्धविराम कार्यान्वयनमा आएको थियो । पहिलो चरणको युद्धविराम १ मार्चदेखि समाप्त भएको थियो । दोस्रो चरणको युद्धविरामको प्रयास भइरहेका बेला इजरायलले हमास लक्षित आक्रमण गरेको हो । बीबीसीले यो आक्रमणलाई युद्धविरामयताको सबैभन्दा ठूलो हमला भनेको छ ।

    इजरायलका प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इसराइल काट्जको निर्देशनमा मंगलबार बिहान गाजा क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

    विज्ञप्तिमा हमासले बन्दी रिहाइ गर्न इन्कार गरेकाले र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट काफ र अन्य मध्यस्थकर्ताहरुले राखेको प्रस्ताव नमानेकाले आक्रमण गरेको उल्लेख छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - ०८:३४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij