Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त

नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त


  • 2.1K
    Shares

    • images
    नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त

    काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । 

    दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार नै अवकाशमा जाने भएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो ।

    सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

    थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक हुन् । थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी महानिरीक्षक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहेका थिए । 

    उनीसँगै प्रतिष्पर्धामा रहेका तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको जिम्मेवारी छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १९:५०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij