Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

१२ बीमा कम्पनीको लाभांश घोषणा

१२ बीमा कम्पनीको लाभांश घोषणा


  • 1.2K
    Shares

    १२ बीमा कम्पनीको लाभांश घोषणा

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को लागि हालसम्म १२ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेको छ भने ६ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन बीमा गरी १२ वटा कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ। 

    लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, सिटिजन लाइफ, हिमालयन लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा निर्जीवनतर्फ नेपाल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स,  शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको छ। 

    हिमालयन लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट मर्जरपछि पहिलो पटक लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट १४ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर वितरण गरेको छ भने ११.५ प्रतिशत नगद लाभांश, सूर्यज्योति लाइफ इन्स्योरेन्स २० प्रतिशत नगद लाभांश, सिटिजन लाइफ इन्स्योरेन्स २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २.४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश र आइएमई लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.७५ प्रतिशत नगद लाभांश, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत नगद लाभांश, शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत  नगद लाभांश र नेपाल इन्स्योरेन्सले १५ प्रतिशतका दरले बोनस र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १६:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij