२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पछिल्लो समय ब्रोकाउलीमा विषादीको मात्रा अत्यधिक भेटिन थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार सोमबार तरकारीमा विषादी जाँच गर्ने क्रममा ब्रोकाउलीमा विषादीको मात्रा अत्यधिक भेटिएको हो।
तथ्यांक अनुसार सोमबार ब्रोकाउलीको नमुना परीक्षण गर्दा भक्तपुरको एक किसानको बारीबाट ल्याएको ब्रोकाउलीमा विषादीको मात्रा ९रोकावट प्रतिशत० ८८।६७ प्रतिशत भेटिएको छ।
जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत १२ वटा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन्।
यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्छन्। हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी रसायनका दुई समूह जाँच हुँदै आएको छ।
विषादी परीक्षण भएपछि त्यसको नतिजा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने छ। त्यसरी उपभोग गर्न अयोग्य देखिएपछि समितिले त्यसलाई नष्ट गर्छ। यसअघि रायोको सागमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij