२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणको लागी १८ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा प्रति शेयर अंकित मूल्य १०० रुपैयाँको दरले साधारण शेयर निष्कासन गर्ने भएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
क्यापिटलको रजिष्टर्ड कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडको तर्फबाट अख्तियार प्राप्त सञ्चालक दिपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij