Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जगदम्बा मोटर्सले सार्वजनिक गर्‍याे नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक स्कुटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्‍याे नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक स्कुटर


  • 1.3K
    Shares

    • images
    जगदम्बा मोटर्सले सार्वजनिक गर्‍याे  नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक स्कुटर
    images

    काठमाडौं । स्कुटर राइडिंगको अनुभवलाई नयाँ परिभाषा दिने लक्ष्यसहित, टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ स्कुटर यस्तो मेसिन हो जुन केवल गुड्दैन, मोहित पार्छ ।

    नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ । स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ ।

    एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

    यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । चाहे राइड मोड स्विच गर्नुहोस्, नेभिगेसन चेक गर्नुहोस्, वा कलहरू व्यवस्थापन गर्नुहोस्, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।

    ‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भन्ने, ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ ।’

    एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै, जगदम्बा मोटर्सले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ताले बताए । ‘उच्च–प्रदर्शनयुक्त दुईपांग्रे सवारीहरूमार्फत हामी सहरी गतिशीलताको परिभाषा बदल्न चाहान्छौँ’, उनले भने, ‘अब, अँध्यारोलाई उछिन्ने समय आयो१ एनटर्क रेस एक्सपी ब्ल्याकको पावर, रोमाञ्चकता र बौद्धिकता अनुभव गर्न तयार हुनुहोस्, किनभने यो केवल स्कुटर मात्र होइन, एउटा स्टेटमेन्ट हो १’

    जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १३:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij