Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री

पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री


  • 1.1K
    Shares

    • images
    पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीलाई जीवनभर सेवा सुविधा दिने कानुन बनाउने तयारीमा सरकारले काम गरिरहेको बताएका छन्।

    आज सोमबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री लेखकले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा राज्यकोषमा भार नपर्ने गरी सुविधा दिने गरी कानुन बनाउन लागिएको बताएका हुन्।  

    सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी कानुन बनाउने गरी तयारी थालिएको छ, उनले भने, अनावश्यक भार पर्ने गरी गरिने छैन। तर, कानुन नबनाई सुविधा दिने नभई कानुन बनाएर दिने वा नदिने भए पनि त्यसबारे संसद्‌बाटै निर्णय लिइनेछ।’ 

    लेखकले अहिले पनि पूर्वविशिष्टहरूले सरकारले गरेको निर्णयअनुसार सेवा सुविधा लिइरहेको तर अब उक्त सेवालाई संसद्‌बाटै कानुन बनाएर दिने व्यवस्था मिलाउन लागिएको दाबी गरे।  

     

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १२:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij