Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन


  • 1.1K
    Shares

    • images
    ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा माग भन्दा बढी आवेदन

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिन सम्म १६ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

    कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सीडीएससीको अनुसार अन्तिम दिनसम्म आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो।

    मागभन्दा बढी आवेदन परेकै कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ भने भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताको दरले सेयर पाउने छन्। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि १४ लाख ७६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। 

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - ११:५९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij