२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो आइतबार तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij