Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पुल्चोक र भैँसेपाटी क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

पुल्चोक र भैँसेपाटी क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा


  • 2.3K
    Shares

    • images
    पुल्चोक र भैँसेपाटी क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा

    जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

    प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालले आइतबार एक आदेश जारी गर्दै पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्री निवास क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको  जानकारी दिएका हुन्। 

    दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। उक्त समयअवधिमा यस क्षेत्रमा अनसन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न नपाइने भनिएको छ।

    राजावादी र शिक्षकहरूले यस क्षेत्रमा पनि प्रदर्शन गर्ने सूचना पाए पनि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो। 

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - २०:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij