२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो जलाएकै आधारमा गिरफ्तार गर्न उचित नहुने बताएका छन्।
उनले आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकतन्त्रमा विरोधका विभिन्न रूप हुने र फोटो जलाउँदैमा विरोध उचित नहुने बताएका हुन्। ‘लोकतन्त्रमा विरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन,’ प्रचण्डले भनेका छन्।
प्रहरीले सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाएको भन्दै निराजन बमलाई आइतबार पक्राउ गरेको थियो।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव बमले शनिबार हेटौंडामा प्रचण्डको फोटो जलाएका थिए।प्रचण्डले सिन्धुपाल्चोकमा पूर्वराजा लक्षित गरेर दिएको अभिव्यक्तिको विरोधमा उनले तस्बिर जलाएको बताएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij