२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई रु.३०,००,०००।– (अक्षेरुपी तीस लाख) आर्थिक सहयोग प्रदान गरेको छ ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष श्री हेम राज ढकालले Kathmandu Institute of Child Health (KIOCH) का अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरे। उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य श्री राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।
कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको ले काठमाडौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।
सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले Kathmandu Institute of Child Health (KIOCH) का व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
साथै, उक्त अवसरमा श्री श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरूले विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने छन् भनी अध्यक्ष डा. भगवान् कोइराला लगायत व्यवस्थापन समूहलाई अग्रिम शुभकामना दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij