Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रिमियर स्कुलका ९२ विद्यार्थीलाई सम्मान

प्रिमियर स्कुलका ९२ विद्यार्थीलाई सम्मान


  • 1.4K
    Shares

    • images
    प्रिमियर स्कुलका ९२ विद्यार्थीलाई सम्मान

    काठमाडौं । ललितपुरस्थित प्रिमियर इन्टरनेसनल आईबी कन्टिनुम स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त शैक्षिक, खेलकुद तथा नेतृत्वमा विभिन्न पुरस्कार र प्रमाणपत्र पाएका आफ्ना विद्यार्थीका लागि सम्मान कार्यक्रम गरेको छ।

    कार्यक्रममा स्कुलले मिडिल इयर्स प्रोग्राम कम्युनिटी प्रोजेक्ट एक्जिबिसन पनि आयोजन गरेको थियो । जहाँ विद्यार्थीले चुनौती समाधान गर्ने सिर्जनात्मक परियोजना प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा ललितपुर महानगरका उपमेयर मञ्जली शाक्य बज्राचार्यले विद्यार्थीलाई सम्मान गर्दै उनीहरूको प्रतिबद्धता र समुदायमा सकारात्मक प्रभाव पुर्‍याउने प्रयासको प्रशंसा गरिन् ।

    स्कुलले कार्यक्रममा वल्र्ड स्कलर्स कप, वादविवाद, निबन्ध लेखन लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कार पाएका ९२ विद्यार्थीलाई सम्मान गरेको थियो ।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १३:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij