Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना, चालककाे मृत्यु

बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना, चालककाे मृत्यु


  • 1.1K
    Shares

    • images
    बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना, चालककाे मृत्यु


    काठमाडौं । मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका-३ मा गएराति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

    गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स सडकको डिभाइडरमा ठोकिएको हो।

    दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भई बूढीगंगा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए।

    दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि विराट मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बिरामीलाई अस्पताल पुर्‍याएर चालक घर फर्किंदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ११:३२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij