Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गोरखाको भिमसेनथापा गाउँपालिकाले गर्यो बिश्व निकेतन सामुदायिक विद्यालयको अध्ययन अवलोकन

गोरखाको भिमसेनथापा गाउँपालिकाले गर्यो बिश्व निकेतन सामुदायिक विद्यालयको अध्ययन अवलोकन


  • 2.5K
    Shares

    गोरखाको भिमसेनथापा गाउँपालिकाले गर्यो  बिश्व निकेतन सामुदायिक विद्यालयको अध्ययन अवलोकन

    काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिकाले काठमाडौंमा रहेको बिश्व निकेतन सामुदायिक विद्यालयको अध्ययन अवलोकन गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जाराको नेतृत्व सहितको टिमले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मानिने बिश्व निकेतनमा अध्ययन अवलोकन गर्नुका साथै शैक्षिक परामर्श समेत लिएका हुन् । उनीहरुले बिश्व निकेतन सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका लागि अवलम्बन गरेका असल अभ्यासहरुको समेत अवलोकन गरेका थिए ।

    अवलोकनका लागि भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा, प्रमुख प्रशासकीय अधिकृत  चित्र बहादुर अधिकारी, वडा नम्बर ७ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक नारायण श्रेष्ठ, श्री शान्ति माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुमार भट्ट, सोही विद्यालयका प्रधानाध्यापक रामकृष्ण ढकाल साथै शिक्षक केशव पाण्डे उपस्थिति रहेको थियो ।

    अध्ययन अवलोकनको सहजीकरण दूल्लभ माध्यामिक विद्यालयका पुर्व सह-प्रधानाध्यापक हाल काठमाडौ महानगरका श्रोत शिक्षक द्धय कमल प्रसाद भट्ट र नवराज ढकालले गरेका थिए ।

    गाउँपालिकाको टिमले बिश्व निकेतन सामुदायिक विद्यालयमा करिब  दुईघण्टा भन्दा बढी समय महत्त्वपूर्ण छलफल र परामर्श गरेको थियो ।

    images
    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - ११:११:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij