Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन


  • 1.6K
    Shares

    गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न  राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगको पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली निर्देशन दिएको छ । 

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगको अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले पूर्वाधार विकासको काम लगभग पूरा हुने चरणमा रहेकोले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेको छ । 

    उनले राष्ट्रिय गौरवको आयोजनाको प्रभावकारी अनुगमन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तक्र्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । 

    images
    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १५:०४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij