२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा समावेशिता र पहुँच प्रवर्द्धन गर्ने उद्देश्यका साथ अपाङ्गता भएका व्यक्तिहरूलाई ५ ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ ।
अपाङ्गता भएको व्यक्तिहरूको लागि गतिशीलता चुनौतीलाई समाधान गर्न केही हद सम्म भए पनि सघाउने उद्देश्यले स्कुटर हस्तान्तरणको लागि आयोजित कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, सोह्रखुट्टेमा सम्पन्न भएको थियो ।
उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीको प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij