Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन


  • 1.5K
    Shares

    • images
    वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

    काठमाडौं । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको  अनुगमनका क्रममा यस्तो पाइएको हो ।  

    फागुपूर्णिमापर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका  मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए ।

    इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई सात दिनभित्र इजाजतपत्र लिइ जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देश गरिएको छ’, उनले भने, ‘अनुगमनका क्रममा अधिकांश मासु पसलले मूल्यसूची नराखेको भेट्टियो । केही मासु पसलका कारण वरिपरिको वातावरण प्रदूषित भएको पाइएको छ ।’

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १३:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij