२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार सर्वोच्च अदालत तथा न्यायधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा प्रतिवेदनको संख्या १ लाख ६० हजार ३९५ र गत आर्थिक वर्षमा दर्ता भएको २ लाख २७ हजार ९६२ गरी जम्मा मुद्दाको संख्या ३ लाख ८८ हजार ३५७ पुगेको छ। १ वर्षमा देशभर २ लाख २८ हजार मुद्दा थपिएको छ।
जिल्ला अदालतहरुमा अघिल्लो आर्थिक वर्षमा सरेको १ लाख ४ हजार ६६८ र गत आर्थिक वर्षमा थपेको १ लाख ५७ हजार ४ सहित जम्मा दुई लाख ६१ हजार ६७२ मुद्दा कायम ५७।९५ मुद्दा फर्छौट भएको छ।अदालत तथा न्यायाधिकरणहरूमा अघिल्लो आर्थिक वर्षमा सरेका १ हजार ९२८ र गत आर्थिक वर्षमा थपिएको २ हजार २६९ सहित ४ हजार १९७ मुद्दा थिए । ७१.५७ अर्थात् ४ हजार ४ मुद्दा फर्छौट र १ हजार १९३ मुद्दा बाँकी रहेको प्रतिवेदनले उल्लेख गरीएको छ ।
प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा अन्य वर्षभन्दा ११.३६ प्रतिशत बढी मुद्दा फर्छौट भएको छ । पुराना मुद्दा गत वर्षको असार मसान्तसम्म २८.१३ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरीएको छ । उच्च अदालतहरूमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा रिट निवेदन २५ हजार ३६७ र गत आवमा ५५ हजार ८७२ मुद्दा थपिएकोमा ५६ हजार १४ अर्थात् ६८.९५ मुद्दा फर्छौट भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij