२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आइतबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले परिस्थिति गम्भीर रहेकाले सङ्घर्षमा जानुपर्ने निष्कर्ष निकालेको छ । प्रतिगामी शक्तिविरुद्ध सशक्त प्रतिरोध गर्नको लागि वृहत् विरोध सभा गर्ने निर्णय गरेको छ ।
मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको जिकिर गरेमन छन् । विषय धेरै गम्भीर भएको र देशको राजनीतिक अवस्थामा एकपछि अर्को जटिल बन्दै गएको छ ।
बैठकपछि विश्वकर्माले भने– ‘राजावादी प्रतिगामी शक्तिको जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ । यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको बैठकले निष्कर्ष निकालेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij