२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं उपत्यका तथा पहाडी क्षेत्रको बासिन्दाले आज रङ्गको पर्व होली मनाइरहेका छन् । ट्राफिक प्रहरीले ओभरलोड, सडक बत्ती उल्लङ्घन र लेन क्रस गरेको कसुरमा सवारी साधनलाई कारबाही गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर गरिएको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरिएको छ ।
नियम विपरीत चलाएका र कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गरेर राखिएको प्रहरीले जानकारी दिएका छन् । होल्ड गरिएका २१ वटा चारपाङग्रे मध्ये ३ जनाले मादक पदार्थ सेवन गरेको फेला परेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij