२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चैत ५ गते हुने स्ववायु निर्वाचन नवलपरासी पूर्वको सबै क्याम्पसमा स्थगित भएको छ । निर्वाचन कार्यपालिका अनुसार प्रक्रिया अगाडि बढ्न नसक्दाको विभिन्न क्याम्पसहरुमा देखिएको असहज परिस्थितिले स्ववायु निर्वाचन स्थगित गर्नु परेको नेपाल पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुबेदीले बताएका छन् ।
क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अघि बढेको अवस्थामा असहज स्थिति उत्पन्न भई फागुन २७ को उम्मेदवारी दर्ता प्रक्रिया अवरुद्ध हुन पुगेकोले स्ववायु निर्वाचन स्थगित गर्नु परेको पब्लिक क्याम्पस संघ नवलपुरले जनाए । सुरूमा चुनावी प्रयोजनका लागि क्याम्पस भर्ना भएको विद्यार्थीहरूको फोन नम्बर र नाम ठेगाना स्ववियु निर्वाचन कार्यालयले विद्यार्थी संगठनहरूलाई उपलब्ध गराउनु पर्ने एमाले निकट अनेरास्ववियु बाहेकको अन्य विद्यार्थी संगठनहरूले मध्य विन्दु क्याम्पसमा माग गरेको छ ।
यही विषयमा मध्य विन्दु क्याम्पस स्ववायु निर्वाचन कार्यालयले विद्यार्थीको गोपनीयताको विषय मोबाइल नम्बर सार्वजनिक गर्न नसकिने जनाए पछि विद्यार्थी संगठनहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको हुन । उम्मेदवारी दर्ता मिति नजिकिदै जाँदा नेबिसंग लगायत विद्यार्थी संगठनहरूले पहिला लगाएका ताला खोली निर्वाचन प्रक्रियामा आँफुहरू लागि रहेको एक विद्यार्थी नेताले बताएका छन् ।
स्ववायु स्थगित भए पछि नेविसंघ र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आयुष ढकालले अनेरास्ववियुले सबै क्याम्पसमा आफूहरू पराजित हुने भएकोले विद्यार्थीको हक अधिकार कुण्ठित पार्दै तालाबन्दीमा उत्रिएको आरोप लगाएको छ । पब्लिक क्याम्पस संघ सहित सबै क्याम्पस प्रशासन जिम्मेवार भई विद्यार्थीको स्ववायु अधिकार माथि खेलबाड नगरी स्ववायु निर्वाचनको नयाँ कार्य तालिका अविलम्ब ल्याउन एक विज्ञप्ति मार्फत माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij