Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


  • 1.3K
    Shares

    • images
    छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौँ । चितवनसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
    चितवन, भरतपुर महानगरपालिका - १ पोखरा बसपार्क नजिकै तनहुँबाट दाङतर्फ जाँदै गरेको ग.१ ख ९९७७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    रुपन्देही, तिलोत्तमा नगरपालिका-३ शखरनगरस्थित सडकमा सर्भिस लेनमा रोकी राखेको लु.प्र.००१ख ०४६९ नम्बरको ट्रकमा लु.४९ प २१७२ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ तौलिहवा बस्ने १९ वर्षीय सिद्धार्थ चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    यसैगरी रुपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.५८ प २८३७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सिद्धार्थ नगरपालिका बस्ने २३ वर्षीय राहुल क्षेत्रीको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि भारततर्फ पठाइएको छ । 
    मकवानपुर, बकैया गाउँपालिका-४ जुरेली बजारस्थित सडकमा हात्तिसुडेबाट ठुलोदमारतर्फ जाँदै गरेको बा.४० प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए रति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ४७ वर्षीय रूपक दियालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बकैया अस्पताल हुँदै हेटौँडा अस्पतालमा थप उपचारको मृत्यु भएको हो । 
    यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-७ रमनटारस्थित सडकमा ग.११ प ९६२८ नम्बरको मोटरसाइकललाई बा।प्र.०३-००१ क ०८२७ नम्बरको ट्रकले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बारा कोल्हवी नगरपालिका-५ कवडी बस्ने ३४ वर्षीया सरिता देवी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १३:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij