Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाली नक्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ

नेपाली नक्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ


  • 1.0K
    Shares

    • images
    नेपाली नक्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ

    काठमाडौँ सर्लाही प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सर्लाही प्रहरीबाट खटिएको टोलीले जाँच गर्दा नेपाली नक्कली नोटसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

    भारतबाट तीनवटा मोटरसाइकलमा आउँदै गरेका छ जनाबाट १ लाख ७६ नेपाली नक्कली नोट बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए । 

    प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ निवासी दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ निवासी सिहानता कुमारी देवीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    प्रहरीको विशेष टोलीले बा ४७ प ८७५७ नेपाली नम्बरको एउटा मोटरसाइकलसहित बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको तीनवटा भारतीय मोटरसाइकल बरामद गरेको छ । 
    मलंगवा नगरपालिका–८ स्थित गोरखकालीस्थित सडकखण्डमा जाँच गर्दा कार्टुनमा प्याक गरी ल्याउँदै गरेको १ हजार दरका १७६ थान नेपाली नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको विज्ञप्तिमा लेखेको छ । 
    प्रहरीका अनुसार पक्राउ परेकाहरूले नोट साइजको सेतो बन्डल बनाइ बिचमा सादा सेतो पेपर राखी त्यसको तल र माथि एकरएक हजारको नेपाली नक्कली नोट राखेका थिए । उनीहरुले यसरी ८८ वटा बन्डल लिएर नेपाल आउँदै गरेको सर्लाही प्रहरी बताउँछ । 

    यसको साथै प्रहरीले उनीहरूको साथबमट चार थान मोबाइल पनि बरामद गरेको छ । पक्राउ परेका पाँच जना उपर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १३:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij