२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले साधारणसभा तथा लाभांश वितरण चैत १५ गते गर्दैछ। कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
सभाले पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । चैत १५ गते, शुक्रबार, त्रिभुवन आर्मीअफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५८ औँ वार्षिक साधारणसभा बोलाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij