Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

काठमाडौंका मेयर बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौंका मेयर बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै


  • 1.5K
    Shares

    • images
    काठमाडौंका मेयर बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

    मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।

    उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए ।

    उक्त टिप्पणीपछि अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर गरेकी थिइन् ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - ११:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij