Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

रास्वपा सांसद डा. तोसिमा कार्कीले जितिन् निर्वाचन आयोगविरुद्धको मुद्दा

रास्वपा सांसद डा. तोसिमा कार्कीले जितिन् निर्वाचन आयोगविरुद्धको मुद्दा


  • 2.8K
    Shares

    • images
    रास्वपा सांसद डा. तोसिमा कार्कीले जितिन् निर्वाचन आयोगविरुद्धको मुद्दा

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको छ ।

    न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनको पक्षमा रिट जारी गरेको हो । यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको कानूनी प्रश्नको निवारण भएको छ ।

    २०७९ साल मंसिर ४ गतेको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य भएको र लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

    आयोगको निर्णयविरुद्ध डा. कार्की सर्वोच्चमा गएपछि अदालतले आयोगको निर्णय तत्काल यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । २०७९ कात्तिक १४ गते दायर भएको रिटमा पटकपटक सुनुवाई र पेशी सरेपछि मंगलवार यसको टुंगो लागेको हो ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १५:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij