२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबिच एप्पलको उत्पादन खरिद बिक्री सम्बन्धमा सम्झौता भएको छ । जोय स्टोरको एप्पलको उप्पादनहरुमा बैंकको कर्मचारी एवम् सेवाग्राहीहरुलाई २० प्रतिशतसम्म छुट छ।
सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलको समान खरिदमा बैंकको कर्मचारी तथा ग्राहकहरुले छुट सुविधा लिन सक्ने छन् भने जोय स्टोरको तर्फबाट कम्पनीको प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र बैंकको तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंको शाखा प्रमुख निशेष केसीले एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् ।
उक्त छुटको लागि कर्मचारी तथा बैंकका ग्राहकहरुले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ र सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij