२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले राजसंस्थाको नाममा अनावश्यक गतिविधि हुन थालेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारको काम प्रभावकारी हुन नसक्दा राजसंस्था पक्षधरहरू सलबलाउन थालेको बताए । यसक्रममा उनले राजसंस्थालाई अस्तुको संज्ञा दिएका हुन् ।
चिहानको चपरिमुनि पुरिएको राजसंस्था प्रेत बनेर सबलबलाइरहेको छ । कात्रोमा पोको पारेर फालेको अस्तु, बगाइसकेको संस्था फर्कन त सक्दैन सक्दैन भूत पिचास बनेर दुःख दिने दुस्प्रयास गर्ने मौका पाएको छ । सबैलाई चेतना भया,’ उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij