२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २८ गते आयोजना हुने भएको छ । उक्त आयोजनामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कनक्लेभको उद्घाटन गर्ने भएका छन् । कनक्लेभको प्रमुख साझेदारी सिटिजन्स बैंक इन्टरनेशनल छ ।
अटोमोटिभ कनक्लेभ तीन सत्रमा संचालन रहेका छन् । पहिलो सत्र ११ बजेदेखि १२ः३० बजेसम्म मा ‘निजी सवारी आजको आवश्यकता विषयमा बहस, दिउँसो १ बजे सुरू हुने दोस्रो सत्रमा ‘सार्वजनिक सवारी समस्या र समाधान’ विषयमा बहस, ‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयक अन्तिम सत्र दिउँसो ३ः३० बजे सुरू, नेपाली काँग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले आफ्ना धारणा राख्ने छन् ।
अटोमोटिभ कनक्लेभ मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युबबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij