२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार ७ महिनामा उच्च शिक्षाको लागि विदेशी मुलुक जानेहरुले शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड बराबर विदेश लगेका छन् ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६%ले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु १ खर्ब ४ अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड रहेको थियो।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७.७ %ले वृद्धि भई ४९ अर्ब २१ करोड पुगेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij