Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना

१७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना


  • 1.1K
    Shares

    • images
    १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना

    काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । 
    काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना  प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे नाडाले जानकारी दिएको छ । 

    स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यो वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । 

    नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउदै आईरहेको सवारी साधन क्षेत्रमा भोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १२:५७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij