२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ । बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
आइपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । हिजो सम्म २० लाख ४८ हजार ५३८ जना सर्वसाधारण आवेदकहरुले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिए छ । मागभन्दा १३.२७ गुणा बढीले आवेदन दिएको छ।
वैदेशिक रोजगारीमा रहेको नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij