Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)

काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)


  • 2.3K
    Shares

    • images
    काठमाडौंका यी स्थानमा दुई महिनाका लागि निषेधाज्ञा (सूचनासहित)

    काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार (फागुन २५ गते) देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

    निषेधाज्ञा जारी भएका क्षेत्रहरु राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर रहेको छ । ती क्षेत्रहरुमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने बताइएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

    ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उश्रृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति भई अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जानें अवस्था तथा अन्तर्राष्ट्रिय अभ्यास र यस अघि सम्मानित अदालतबाट भएको आदेश एवम् फैसला समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम विगतदेखिकै निरन्तरताको रुपमा देहायको क्षेत्रमा मिति २०८१/११/२५ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’– जिप्रकाबाट जारी भएको आदेशमा भनिएको छ ।

    https://www.facebook.com/share/v/1EbQFDPhmA/

    112.jpg113.jpg

     

    https://www.facebook.com/share/v/1EbQFDPhmA/

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - ०५:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij