Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि ४ गतेसम्म

‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि ४ गतेसम्म


  • 1.5K
    Shares

    • images
    ‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि ४ गतेसम्म

    काठमाडौं । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी फ्लोरिकल्चर एशोसिएसनले चैत्र १ देखि ४ गतेसम्म २६ औं संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

    फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहने, ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने एशोसिएसनले जानकारी दिएको छ । 

    एशोसिएसनका अनुसार मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर गुलाब, जरबेरा र कार्नेशन स्वच्छ प्रतिस्पर्धा गराइ प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

    यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । यो बर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने र १ करोड बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको लिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १४:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij