Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान


  • 1.1K
    Shares

    • images
    परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार (फागुन २६) भारत प्रस्थान गरेकी छन् । उनले भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा पूजाआजा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    त्यसपछि उनी यही मार्च १७ देखि नयाँ दिल्लीमा भारतको विदेश मन्त्रालयले आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुनेछिन् । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री एवं विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री राणाले त्यहाँ सम्बोधन गर्ने कार्यक्रम छ ।

    यो भ्रमणकै क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको ‘फलो अप’ पनि गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहितका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । 

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १४:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij