Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा शुरू

वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा शुरू


  • 1.9K
    Shares

    वीर अस्पतालमा दुवै सिफ्टमा अपरेसन सेवा शुरू
    images

    काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा शुरू भएको छ । बिरामीको बढिरहेको चाप अनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेसन सेवा दुई सिफ्टमा शुरू गरेको हो । 

    अस्पतालका निमित्त निर्देशक डा। समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवामा दुवै सिफ्टमा अपरेसन आरम्भ गरिएको बताए ।

    यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेसन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए । सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । 

    वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेसन बल्ल शुरू गरेको हो । ‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरू भएका छन्’,  उनले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’

    आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए । दुवै सिफ्टमा हुने अपरेसनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने उनले बताए ।

    प्रकाशित मिति :फाल्गुण २६ २०८१ सोमवार - १३:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij